ललितपुर, साउन ९
ललितपुर महानगरपालिका वडा नं. २३ स्थित धापाखेलमा सांस्कृतिक तथा व्यापार महोत्सव हुने भएको छ ।
महाेत्सव भव्य बनाउन तयारी तिव्र भैइरहेकाे राष्ट्रिय संङ्गितकर्मी संघ ललितपुरका सचिव श्याम सुन्दर तिमल्सिनाले बताए ।
सांस्कृतिक तथा व्यापारिक महोत्सवको सह आयोजक ललितपुर महानगरपालिका वडा नं. २३ र २४ रहेका छन् । ललितपुर महानगरपालिका १५ नं. वडा कार्यालय सातदोबाटोले महोत्सवमा विशेष सहयोगीको भूमिका निर्वाह गर्नेछ ।
कला सांस्कृतिक संरक्षण ललितपुरको मुख्य आयोजना तथा संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रा.लि. को आयोजनामा साउन ११ देखि २६ सम्म हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।
सम्पदाको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यका साथ ललितपुरमा हुन लागेको सांस्कृतिक तथा व्यापारिक महोत्सवमा खुल्ला तथा विद्यालय स्तरीय नृत्य प्रतियोगिता, औद्योगिक उत्पादनको प्रदर्शनी, सूचना तथा विज्ञान प्रविधिको प्रदर्शनी, ग्रामीण प्रविधिसम्बन्धी प्रदर्शनी, विद्युतीय मेसिन कृषि औजार प्रदर्शनी, मोबाइल तथा इलेक्ट्रोनिक सामानको प्रदर्शनी, सांस्कृतिक व्यापार तथा पर्यटकीय प्रदर्शनी, लत्ता कपडा तथा भाँडाकुँडाको प्रदर्शनी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खाना महोत्सव लगायत आकर्षण हुने सचिव श्याम सुन्दर तिमल्सिनाले जानकारी दिए ।
