काठमाडौं, साउन ७

सामाजिक सुरक्षा भत्ताका लाभग्राहीलाई राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न स्थानीय तहलाई परिपत्र गरिएको छ ।

यसका लागि सोमबार गृह मन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ७५३ वटै स्थानीय तहलाई परिपत्र गरेको हो ।

गत असार २७ गतेको मन्त्रिपरिषद् बैठकले सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीलाई राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्ने निर्णय गरेको थियो । सोही निर्णयलाई कार्यान्वयन गर्न विभागले स्थानीय तहलाई परिपत्र गरेको हो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *