ललितपुर, साउन ६

गाेदावरी नगरपालिका १२ ठेचाेमा जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवाका साथ सम्मान गरेकाे छ ।

ठेचाेमा प्रत्येक महिनाकाे पूर्णिमाकाे दिन जेष्ठ नागरिकहरूलाई सम्मान गर्दै आएकाे छ । साे अवसरमा जेष्ठ नागरिकलाई निःशुल्क आयर्वेदिक स्वास्थ परिक्षणका राखेकाे हाे ।

जेष्ठ नागरिक चाैतारीकाे आयाेजनामा भएकाे उक्त शिविरबाट ११० जनाले स्वास्थ्य सेवा लिएकाे झिगु आयुर्वेद पसलका संचालक शनि मालिले जानकारी लिए ।

प्राबिधिक सहयोगमा चापागाउँ आयुर्वेद औषधालय, सहयोगी संस्था झिगु आयुर्वेद पसल, सह आयोजक जेष्ठ नागरिक सेवा समिति रहेकाे छ ।

जेष्ठ नागरिकहररूकाे सेवा गर्न पाउँदा खुसि र आनन्द भएकाे जेष्ठ नागरिक चाैतारीका अध्यक्ष बालकृष्ण थापा मगरले बताए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *