ललितपुर , साउन १
आँसुहरू
गालाको डिलमै बिलाउछन् !
मन भित्रको पीडाहरूलाई
कुन धारले सिच्ने हो अब ?
पुस माघको सिरेटो
हुँस्सुलाई चिर्न नसकेर
आफै भित्रै आफ्नै लालीमा अल्झीरहेछ ।।
हजारौ सपना
लाखौ समस्या
करौडौ पीडा
काँचो धागो जस्तै टुक्री रहेछ समय !
अनि
आफैलाई समयको उत्तराधिकारी ठान्छ मान्छे
मनभरी अहमको बारूद बोकी
रिसाएर जित्न खोज्छ संसार
–पारदर्शी“बुद्धिमान महर्जन महालक्ष्मी ३ इमाडोल,ललितपुर
