काठमाडौं, साउन १
पशुपतिनाथ मन्दिर परिसरमा रहेको वनकालीमा मंगलबारबाट बृहत् कोटीहोम महायज्ञ सुरु भएको छ ।
मानव सेवा फाउण्डेशनलगायत झण्डै एक दर्जन सङ्घसंस्थाको आयोजनामा पशुपति कोटीहोम नेपाल माहात्म्य तथा १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ २०८१ सुरु भएको हो । महायज्ञ अवधिभर जगद्गुरु साधु, सन्त, महन्तका साथै ख्यातिप्राप्त कथा वाचकबाट आशीर्वचन तथा कथा प्रवचन हुने आयोजक समितिले जनाएको छ ।

यसैगरी महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल, राधिका दासी, श्रीराम कथावाचक चन्द्रकला सखी र श्रीमद्भागवतकी लोकप्रिय युवा कथावाचिका देवी प्रतिभालगायतले कथावाचन गर्ने बताइएको छ ।
महायज्ञ साउन महिना भरि हुने स्वयंसेवक श्यामसुन्दर तिमल्सिनाले जानकारी दिए ।

