ललितपुर, असार ७
गाेदावरी नगरपालिकामा लैंगिक हिंसा तथा घरेलु हिंसा न्यूनिकरण सम्बन्धी सचेतनामूलक ‘समान युग नाटक प्रदर्शनी’ कार्यक्रम बिहिवार सम्पन्न भएको छ ।

नेपाल प्रहरी श्रीमती संघको आयोजना एवम् प्रहरी वृत्त चापागाँउको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले ‘शान्त समृद्ध समाजको आधार, घरेलु हिंसा रहित परिवार’ भन्ने भनाइलाई हृदयगमन गरी आफ्नो टोल छिमेकमा भइरहेको लैंगिक तथा घरेलु हिंसा न्यूनिकरणको लागि आफू पनि जागौं, अरूलाई पनि जगाऔं र यस्ता किसिमका हिंसालाई समाजमा जरैदेखि निर्मुल पारौं भन्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको बताइन् ।

यस कार्यक्रमबाट सकारात्मक प्रभाव परि समाजमा हुने गरेका विभिन्न किसिमका हिंसा न्यूनिकरणमा केही हद सम्म टेवा पुग्ने विश्वास उनले व्यक्त गरिन् ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद श्रेष्ठ, जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्र.ब.उ. शेखर खनाल, वृत्त चापागाउँका प्रमुख, प्र.ना.उ डिल बहादुर मल्ल, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, स्थानीय जन प्रतिनिधिहरू, विभिन्न शिक्षण संस्थाका शिक्षक एवम् विद्यार्थीहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, संचारकर्मी, प्रहरी अधिकृत एवम् जवानहरू लगायतको उपस्थिति रहेको थियो ।

