ललितपुर, असार ६

आयुर्वेद सेवाको प्रवर्द्धन गर्न पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम बागमती प्रदेश सरकार स्वास्थ्य निर्देशनालय आयुर्वेद तथा वैकल्पिक चिकित्सालय ललितपुरको आयोजनामा पत्रकारसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रममा आर्थिक बर्ष २०८०/८१ आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरले गरेको सेवाको बारेमा कार्यालयकी प्रमुख डा. सृष्टि श्रेष्ठले जानकारी दिइन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरले मुख्यमन्त्री जनता कार्यक्रम, महिला स्वास्थ्य स्वयंसेविकालाई आयुर्वेद सम्बन्धी सचेतना कार्यक्रम, स्वस्थ्य जीवन प्रवर्धन कार्यक्रम, जिल्ला स्थित राष्ट्रसेवक कर्मचारीहरुलाई तनाव व्यवस्थापन तथा पूर्वकर्म सेवा लगायत कार्यक्रम सञ्चालन गरेको डा.सृष्टि श्रेष्ठले बताइन् ।

यस्तै, ओपीडी सेवा, पञ्चकर्म/पूर्वकर्म, योग सेवा, ल्याब सेवा, सशुल्क फार्मेसी, स्तनपायी आमाहरूका लागि मातृशिशु सुरक्षार्थ दुग्धवर्धक औषधि वितरण, ज्येष्ठ नागरिक स्वास्थ्थ प्रवध्र्दन सेवा कार्यक्रम सञ्चालन गर्दै आएको डा.सृष्टि श्रेष्ठ बताएकी छन्।

हरेक बुधबार नियमित रुपमा पथ्यआहार आयोजना हुने गरेको उनले बताइन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *