ललितपुर, असार २
राष्ट्रिय जेष्ठ नागरिक सञ्जाल, नेपाल निर्माण गर्ने तयारीमा रहेकाे जेष्ठ नागरिक चौतारी, केन्द्रीय कर्यालय, ठेचोका संरक्षक तथा संस्थापक अध्यक्ष बाल कृष्ण थापा मगरले बताए ।
सञ्जाल निर्माणमका लागि अध्यक्ष थापा मगरले निजी खर्चमा ७७ जिल्ला भ्रमण गरेकाे जानकारी दिए । यहि सञ्जाल निमार्ण गर्ने क्रममा जेष्ठ १३ गते देखि २५ गतेसम्म कर्णाली तथा सुदूर पश्चिम प्रदेशहरुका जेष्ठ नागरिक दिवा सेवा केन्द्र तथा बृद्धाश्रमका जेष्ठ नागरिकहरुलाई स्वास्थ्य सम्वन्धी आहार, विहार तथा सकरात्मक सोच, स्थानिय स्कूल तथा कलेजका विद्यार्थी र जेष्ठ नागरिक विच अन्र्तक्रिया कार्यक्रम समेत सम्पन्न गर्नु भएको थियाे ।
कर्णाली तथा सुदूर पश्चिम प्रदेशमा जेष्ठ नागरिक चौतारीको शाखा विस्तार गर्ने सम्वन्धमा स्थानिय सरकार, सामाजिक अभियन्ता तथा अन्र्तराष्ट्रिय सहयोगको लागि पहल भई रहेको अध्यक्ष बालकृष्णले जानकारी दिए ।
उनले भने, “स्थानिय सरकार, सामाजिक अभियन्ता तथा अन्र्तराष्ट्रिय सहयोगीहातहरु फेला परेमा कर्णाली प्रदेशको दैलेखमा र सुदूर पश्चिम प्रदेशको आछाममा शाखा विस्तार गर्ने योजना समेत रहेको छ ।”
कर्णाली प्रेदशमा यी जिल्लामा जेष्ठ नागरिक विच अन्र्तक्रिया गरेका छन्:
१. प्रशान्ती वृद्घाश्रम केन्द्र, वीरेन्द्रनगर–३, सुर्खेत,
२. जेष्ठ नागरिक संघ, जिल्ला कार्य समिति, जुम्ला,
३. जेष्ठ नागरिक दिवा सेवा, सिन्जा, जुम्ला,
४. जेष्ठ नागरिक जिल्ला संघ, दैलेख,
५. सरस्वती मन्दिर बृद्घाश्रम, दैलेख ।
यस्तै, सुदुर पश्चिम प्रेदशमा यी जिल्लामा जेष्ठ नागरिक विच अन्र्तक्रिया गरेका छन्:
१. जेष्ठ नागरिक संघ, मंगलसेन, नगरपालिका–३, आछाम
२. बडीमालिका जेष्ठ नागरिक दिवा सेवा केन्द्र, बडीमालिक नगरपालिका–८, बाजुरा
जेष्ठ नागरिक चैतारी संस्थाले जेष्ठ नागरिकहरुलाई विभिन्न सेवाहरु दिदै आएको छ । ‘‘जेष्ठ नागरिकलाई सम्मान गरौँ’’ भन्ने नाराका साथ स्थापना भएको हो ।
थापाले विगत ६ वर्ष देखि निरन्तर जेष्ठ नागरिकहरुको अभिभावकीय रुपमा सेवा दिदैँ अएका छन् । स्वास्थ्यनै धन हो भन्ने सोचले जेष्ठ नागरिक चैतारीले प्रत्येक बिहीबार निःशुल्क सुगर, रक्तचाप परीक्षणको साथै काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोगमा बेला बेलामा बृहत निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आएको छ ।
जेष्ठ नागरिकहरुलाई शारिरीक व्यायाम पनि गराउँदै आएको छ । यस्तै, सबैलाई स्वस्थ राख्नु पर्छ भनेर आफ्नै निजी खर्चमा ठेचो व्यायाम चौतारी निर्माण गरी सर्व साधारणहरुलाई समेत २४ घण्टा खुल्ला राखी सेवा प्रदान गर्दै आएको छ ।
