ललितपुर, जेठ ३१
ललितपुर उद्योगहरूबाट उत्पादित टेक्सटाइल तथा गार्मेण्ट सामानहरूको बजार विस्तार एवं प्रबर्द्धन गर्न फेशन शो गरेकाे छ ।
ललितपुर उद्योग वाणिज्य संघ र ललितपुर महानगरपालिकाको सहयोगमा साे कार्यक्रम भएकाे हाे ।
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनकाे प्रमुख आतिथ्यतामा संचालन गरेेका छन् । मेयर चिरीबाबु महर्जनले बजेट नीति निर्माणमा लाेकल उत्पादन बढि भन्दा बढि प्रयाेग गछाै त्याे कुरा स्वाकार गर्ने बताए ।
उनले भने- ” नीति निर्माणमा कस्ताे किसिमको अंश राख्ने चाहाना छ, त्याे कुरा राख्ने छु। “
यस्तै, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष विश्व राज बज्राचार्यले ललितपुर उद्योगहरूकाे विकासका लागि साे कार्यक्रम आयाेजना गरेकाे बताए ।
उनले साे कार्यक्रमबाट ललितपुरमा उत्पादित वस्तु प्रयाेग गर्न सिक्ने र प्रयाेगबाट उत्पादित वस्तुको विकास गर्नमा ठूलाे सहयाेग पुर्याउने बताए ।
