ललितपुर, जेठ २५

ललितपुर उद्योग वाणिज्य सङ्घले वार्षिक रुपमा सरकारी विद्यालयका जेहेन्दार विद्यार्थीलाई प्रदान गरिँदै आएको छात्रवृत्ति आज वितरण गरेको छ ।

साे छात्रवृत्ति ३१ जनालाई वितरण गरेकाे हाे । छात्रवृत्ति पाएपछि विद्यार्थी मुहारमा खुसी देखेकाे छ ।

छात्रवृत्तिले पढाइमा धेरै सहयाेगका साथ अगाडि बढ्न मदत पुर्‍याउएकाे विद्यार्थीले बताए ।

यस्तै, अभिभावकले आर्थिक अवस्थाले कमजोर भएका भाबहिनिहरूले यसकाे फाइदा लिएर जिवनमा अझै परिवर्तन ल्याएकाे बताउदै संघलाई धन्यवाद दिएका छन् ।

कार्यक्रममा सङ्घका अध्यक्ष विश्व राज बज्राचार्यले सङ्घले आफ्नो सामाजिक दायित्व निर्वाह गर्ने क्रममा शैक्षिक क्षेत्रको विकासका लागि महत्त्व रहेकाे बताए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *