ललितपुर, जेठ ३२
ललितपुर महानगरपालिका ५ काे वडा दर्पण स्मारिका विमाेचन गरेकाे छ । वडाकाे २०८०/ ८१ मा वर्षभरि गरेका कार्यक्रमहरूकाे पारदर्शिताको लागि वडा दर्पण स्मारिका विमाेचन गरेकाे हाे ।
कार्यक्रममा वडा अध्यक्ष विकास मान श्रेष्ठले घाेषणाा पत्रकाे आधारमा काम गर्दै आएकाे र वडा बासिन्दाले तिरेकाे कर कहाँ गएकाे छ भने कुरा यस स्मारिकाबाट प्रष्ट थाहा पाउन सकिने बताए ।
उनले भने, “वडा भवन यस वर्ष बनाउने याेजनामा छाैं।”
यस्तै, कार्यक्रमका प्रमुख अतिथि ललितपुर महानगरपालिकाकी उपमेयर मन्जली शाक्य बज्राचार्यले सबै संग केही न केही सीप भएकाले सिपकाे सदुपयोग गरेर आर्थिक विकमसमा जाेडदिनुपर्ने बताइन् ।

