हो मलाई मर्न मन छ तर
अर्को मनले मृत्युसँग लड्ने हिम्मत गर् भन्छ ।।
हो मलाई मर्न मन छ तर
अर्को मनले मृत्युअघि केही राम्रो गर् भन्छ ।।
हो मलाई मर्न मन छ तर
अर्को मनले मृत्युअघि दुनिया संसार हेर् भन्छ ।।
हो मलाई मर्न मन छ तर
अर्को मनले मृत्युअघि सुखको सास फेर् भन्छ ।।
हो मलाई मर्न मन छ तर
अर्को मनले मृत्युअघि देखेका सपना पूरा गर् भन्छ ।।
हो मलाई मर्न मन छ तर
अर्को मनले मृत्युअघि कल्पना साकार पार् भन्छ ।।
हो मलाई मर्न मन छ तर
अर्को मनले मृत्युअघि जिम्मेवारी पूरा गर् भन्छ ।।
हो मलाई मर्न मन छ तर
अर्को मनले मृत्युअघि आफ्नो कर्तव्य पूरा गर् भन्छ ।।

हो मलाई स्वर्ग पुग्ने रहर छ तर
मृत्युसँगै परिवार अलपत्र पर्छन् कि भन्ने डर छ ।।
हो मलाई मर्न रहर छ तर
मृत्युअघि केही नगरी मर्छु कि भन्ने मनमै डर छ ।।
हो मलाई मर्न रहर छ तर
अरुका लागि भए नि जबर्जस्ती बाँच्न मलाई कर छ ।।

नरिश्वर गौतम

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *