ललितपुर, जेठ २१

याेङ्ग पिकासोका निर्देशक अजय देशारले सिद्धिपुरको पहिचनालाई युवा वर्गमा थप जोड दिन चित्रकलाले सहयोग गर्ने बताए ।

उनले ललितपुरको ऐतिहासिक स्थानलाई आफूहरुले चिनाउन कलामार्फत गाउँ गाउँमा उक्त क्षेत्र विकासको अभियान पनि शुरु गरेको भनाइ राखे । उनले भने, “कला विकासका लागि हामीले रसुवा र नुवाकोटमा यसको अभियान सम्पन्न गरिसकेका छौँ ।”

सिद्धिपुर सामुदायिक सिकाई केन्द्रको आयोजना तथा योङ्ग पिकासोको प्राविधिक एवं महालक्ष्मी नगरपालिका शिक्षा शाखाको आर्थिक सहयोगमा हिजोदेखि भएको दुई दिने चित्रकला कार्यशाला भएकाे हाे । साे कार्यशालामा सहभागि ४० कलाकारले उक्त स्थानका विभिन्न मठ मन्दिर तथा त्यहाँ सदियौँ वर्षदेखि अपनाइँदै आएको पेशा र ऐतिहासिक घरहरुलाई चित्रमा उतारेका देखिन्छन ।

उक्त अवसरमा सहभागि चित्रकार मध्येका मनोज थापाले सिद्धिपुरबाट लोप हुन सक्ने पेशा तथा परम्परालाई थप जग्रेणा गर्न आफूहरुले चित्र कोरी सहयोग पु¥याएको भनाइ राखे ।

सो का वडाध्यक्ष धर्म महर्जनले आफ्नो क्षेत्रका महत्पूर्ण बस्तुहरुलाई क्यानभासमा उतार्दा पछिका पुस्ताले समेत ज्ञान हासिल गर्न सक्ने दाबी गरे ।

नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले सिद्धिपुर प्राङ्गणमा आईतबार र सोमबार दुई दिन कोरीएका सो चित्रलाई संग्रहालय निर्माण सम्पन्न पश्चात त्यहाँ जग्रेण गरी राखिने वचनवद्धता व्यक्त गरे ।

केन्द्रका उपाध्यक्ष सारदा क्षेष्ठले उक्त चित्रमार्फत देश मात्रै नभएर विदेशमा समेत सिद्धिपुरको पहिचान अघि बढाउन सहयोग पुग्ने जिकिर गरिन् ।

केन्द्रका अध्यक्ष कृष्ण कुमार महर्जनले सिद्धिपुरमा क्षेत्रका कोरिएका सो चित्रले मानिस मानिसबीच पेशा तथा परम्परा एवं संस्कृति हस्तान्तरण एवं पुस्तान्तरणका साथै जग्रेणा र संरक्षण गर्न समेत भरपुर टेवा दिने सुनाए ।

सो कार्यक्रममा कोरिएका चित्रकलामा सिद्धिपुरका महिलाले बन्दै गरेका सुकुल, सो स्थानका केही मठ मन्दिर, इनारबाट महिलाले पानी झिक्दै गरेको र लोकल रक्सी बनाउँदै गरेका तस्विरका साथै सिद्धिपुरका पुराना घरहरुको तस्विर समेत देख्न र हेर्न भने पाइन्थ्यो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *