ललितपुर, जेठ १४

ललितपुरको सातदोबाटोमा ट्रकले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । सोमबार मध्यान्ह ललितपुरको बाँडेगाउँमा आफन्तकोमा जान बाटो काट्ने क्रममा ना ८ छ ७५०६ नम्बरको ट्रकले एक महिलालाई ठक्कर दिएको थियो। 

काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल बस्ने ४० वर्षीय अप्सरा दाहालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो । प्रहरीले गाडी र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *