ललितपुर, जेठ १४

१७ औं गणतन्त्र दिवसको अवसरमा गोदावरी नगरपलिका ११ स्थित बज्रबराही मन्दिर परिसरमा सरसफाइ कार्यक्रम गरेकाेे छ। उक्त सरसफाइ कार्यक्रम गोदावरी नगरपालिका र ललितपुर जिल्ला प्रशासन कार्यालयकाे आयोजनामा भएकाे हाे ।

साे सरसफाइमा गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जनकाे प्रमुख अतिथी र बिशिष्ट अतिथी प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ रहेकाे छ ।

गोदावरी नगरपालिकाका उप नगर प्रमुख मुना अधिकारी, जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक शेखर खनाल, सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, प्रहरी बृत्त चापागाउँ ललितपुरका कार्यालय प्रमुख डिल बहादुर मल्ल, राजदल गण, सुर्यदल गण, गोदावरी नगरपालिका अधिकृत, विद्यालयका प्रध्यानाध्यापक, झरूवारासी सामुदायीक वनका पदाधिकारी, बिभिन्न संघ संस्थाका पदाधिकारी, प्रहरीका कर्मचारीहरू, सशस्त्र प्रहरीका कर्मचारीहरु, आर्मीका कर्मचारीहरु, नगर प्रहरीहरु, नगरपालिकाका कर्मचारीहरु, महिला समुहका सदस्यहरु र संयमसेविकाहरु समेतको उपस्थितीमा सरसफाइ गरेकाे थियाे ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *