ललितपुर, जेेठ १२
गाेदावरी नगरपािलका ७, देवीचाैरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । देवीचाैर ७ स्थित श्री देवी माध्यािमक विद्यालयमा भएकाे स्वास्थ्य शिविरमा प्रमुख अतिथि वडाध्यक्ष मथुरा प्रशाद शर्मा रहेकाे छ । उनले यस्ता शिविर वर्षकाे २ पटक राख्नुपर्ने बताए ।

उक्त शिविरका आयाेजकहरू गाेदावरी नगरपािलका वडा नं ७, देवीचाैर र जेष्ठ नागरिक चौतारी ठेचाेले आयोजना गरेको हो ।
५ सय ७ जनाले स्वास्थ्य सेवा लिएको आयोजक बालकृष्ण थापा मगरले जानकारी दिनु भयाे । काठमाडौं मेडिकल कलेज सिनामंगलको प्राविधिक सहयोगमा विभिन्न सेवाहरु प्रदान गरेका थिए ।
सेवाहरू
१. आँखा रोग
२. नाक कान घाँटी
३. दन्त सेवा
४. स्त्री रोग
५. जनरल मेडिकल
६. जनरल सर्जरी
७. हाड जोर्नी तथा नशा
८. छाला रोग
९. बालराेग
नि:शुल्क परिक्षणहरू
१. भिडियो एक्सरे
२. ल्याब परिक्षण
३. ई.सी.जि.
निःशुल्क औषधि वितरण
निराेग फामेसी
झिगु आयुवेद पसल
एराे फामेसी

