ललितपुर, जेठ ८
कोन्ज्योसोम गाउँपालिका ५ फूलबारी डाँडाँ भारदेउ स्थित कोन्ज्योसोम प्रतिमाको उद्घाटनको तिव्र तयारी भएको छ । उक्त प्रतिमाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले गर्ने भएको छ ।

यही जेठ १० गते बिहिबार बुद्धजयन्तीको दिन कोन्ज्योसोम गाउँ गौरवको योजना अन्तर्गत निर्माण भएको कोन्ज्योसाेम प्रतिमाको उद्घाटन प्रधानमन्त्रीले गर्ने जनाइएको छ ।

उक्त कार्यक्रममा स्थानीय कला र सँस्कृति झल्कने विभिन्न साँस्कृतिक कार्यक्रम झाँकी समेत हुने गाउँपालिकाले जनाएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *