गाेदावरी नगरपालिका ५ लेलेमा निःशुल्क आयर्वेदिक स्वास्थ शिविर सञ्चालन हुने भएकाे छ । गाेदावरी नगरपालिका ५ काे आयोजनामा आगामी जेठ १२ गते शनिबार गाेदावरी नगरपालिका ५ वडा कार्यलयमा निःशुल्क आयर्वेदिक स्वास्थ शिविर हुन लागेकाे हाे।
चापागाउँ आयर्वेद औषधालय संस्थाको प्राविधिक सहयोगमा पाइल्स, बाथ रोग, ग्याष्ट्रिक, नशा तथा जोर्न, मुत्ररोग/पत्थरी, छाला रोग तथा यौन दुर्वलत, जन्डिस तथा कलेजो, दम तथा खोकि, पिनाश तथा माइग्रेन आदि सेवाहरू दिन लागेकाे झिगु आयुर्वेद पसलका सञ्चालक सन्नी मालीले जानकारी दिए ।
