ललितपुर, चैत २६
नेकपा एमाले ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य विजयी भएका छन् । निर्वाचन समितीका अनुसार विजयी आचार्यले २ सय २९ प्राप्त गरेर विजयी भएका हुन् ।
उनका निकटम प्रतिश्पर्थी चेतनाथ सञ्जेलले १ सय ५४ पाएका छन् । अर्को प्रतिश्पर्थी दिनेश कार्कीले ८१ मत पाए भने सुर्वण श्रेष्ठले ९ मत पाएकी छिन् ।
उपाध्यक्षमा १ सय ७३ मत पाएर मञ्जली शाक्य विजयी भएकी छिन् । उनका निकटम प्रतिश्पर्धी हरिगोविन्द श्रेष्ठले १ सय १५ मत पाए ।
