ललितपुर, चैत २०
बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रीमा रामेश्वर श्रेष्ठ नियुक्त भएकाे छ । श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयकाे जिम्मेवारी दिइएको छ । श्रेष्ठ यस अघि पनि स्वास्थ्य मन्त्री भएकाे थियाे ।
बागमती प्रदेशमा एकै दिन दुई पटक मन्त्री परिषद् विस्तार गरी मन्त्री मण्डल गठनलाई पूर्णता दिइएको छ। सत्ता गठबन्धनमा रहेको नेकपा (एमाले) बाट चार जना मन्त्री थपिएका हुन्।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले मङ्गलबार साँझ एमालेबाट चारलाई जना मन्त्री पदमा नियुक्त गर्नुभएको हो।
प्रदेश प्रमुख शर्मासँग प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
