ललितपुर, चैत १२

ललितपुरकाे ढाेलाहिटीमा दुई समूहबीच ग्याङ फाइट हुँदा दुई युवाको मृत्यु भएको छ ।

रातिको समयमा दुई समूहबीच झडप हुँदा दुईजनाको ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता नरेशराज सुवेदी जानकारी दिए ।

झडपमा परी सुनसरी घर भई ढाेलाहिटी बस्ने २८ वर्षीय रोबर्ट राई र ३० वर्षीय पुजन राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले १८ जनालाई पक्राउ गरेको छ । साथै घटनाको थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *