ललितपुर, चैत ८
नेपाल प्रहरीका १४१ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)को सरुवा भएको छ। प्रहरी महानिरीक्षकको चैत ७ गतेको निर्णयअनुसार चैतदेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी डिएसपीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
प्रहरी वृत्त चापागाउँका प्रमुख डिएसपी कृष्ण कुमार चन्द जिल्ला प्रहरी कार्यालय झापा सरुवा भएको छ । जसअनुसार खाली रहेको चापागाउँमा डिल बहादुर मल्ल आउने भएका छन् ।
