ललितपुर, चैत ७
ललितपुरको गोदावरी नगरपालिका ३ मा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । सुमेरु हस्पिटल धापाखेल ललितपुर र गोदावरी–३ को सहकार्य तथा सफल महिला समूहको आयोजनामा स्वास्थ्य शिविर सञ्चालन हुने आयाेजकले जानकारी दिए ।
सुमेरु हस्पिटलका वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर निर शोभा चित्रकारले सेवा दिनेछन् ।
