ललितपुर, चैत ५
नेकपा एमालेको नयाँ नेतृत्वका लागि दौडधुप सुरु भएको छ । यही चैत्र २३ गतेबाट ललितपुरको पाटनमा सुरु हुने नवौँ जिल्ला अधिवेशनले नयाँ नेतृत्व टुंगो लगाउने अध्यक्ष पदका लागि चार जना आकांक्षी देखिएको छ ।

ललितपुर वर्तमान अध्यक्ष पुरुषोत्तम आचार्य, पूर्व बागमती प्रदेश सांसद चेतनाथ सञ्जेल, पूर्व वडा अध्यक्ष दिनेश कार्की, वर्तमान उपसचिव श्यामकृष्ण ब्यञ्जनकार दौडधूप गरिरहेका छन् ।

अशिवेशनले आगामी तीन वर्षका लागि पार्टीको अध्यक्ष, उपाध्यक्ष, सचिव र २ उपसचिव सहित १२० सदस्यीय नयाँ जिल्ला कमिटी निर्वाचित गर्दैछ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *