ललितपुर,चैत ४

प्रहरीले ललितपुरबाट ११ जना जुवाडेलाई पक्राउ गरेको छ।  महालक्ष्मी नगरपालिका ९ लामाटार, भुजुङ्गे चोकमा बस्ने हरिबोल चौलागाईको घरमा तास खेलिरहेको अवस्थामा ११ जनालाई शनिबार दिउसो प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा उनीहरुलाई जिल्ला प्रहरी परिसर र सातदोबाटो वृत्तबाट खटिएको प्रहरीले नगद ३ लाख ६४ हजार १ सय २० रूपैयाँ र ६९ बुक तास सहित फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

पक्राउ पर्ने महालक्ष्मी–९ भुजुङ्गे बस्ने वर्ष ४७ को हरिबोल चौलागाई, भोजपुर घर सोही स्थान बस्ने वर्ष ४४ को सञ्जय राई, काभ्रे मण्डनदेउपुर–१२ घर भई सोही स्थान बस्ने वर्ष ४१ को दिपक पराजुली, आरुबोट बस्ने वर्ष ३६ को अनुप खड्का, वर्ष ४२ को राजकुमार अवाले, वर्ष ४२ को रामहरि घिमिरे, महालक्ष्मी–६ सानागाउँका वर्ष २६ को कपिल नेमुकल, भक्तपुर, सूर्यविनायक–४ वस्ने वर्ष ५५ को श्याम केसी रहेका छन् ।

त्यस्तै, ललितपुर गोदावरी–३ शान्तिवन बस्ने वर्ष ४५ को सुनिल लामा, मकवानपुर, भिमफेदी–४ घर भई महालक्ष्मी–४ ट्याम्पोपार्क बस्ने वर्ष ५४ को लिला मगर, काभ्रे पनौती–१ घर भई ललितपुर–६, सुन्धरा बस्ने वर्ष २८ को राजु तामाङ रहेका छन् ।

पक्राउ परेकाहरुलाई म्याद थप गरी अनुसन्धान भैरहेको प्रवक्ता सुवेदीले बताए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *