ललितपुर, फागुन २७
सुनाकोठीको मदर गङ्गा प्रि–स्कुल प्राङ्गणबाट ७५ महिलाले स्वास्थ्य परीक्षण गराएका छन् । सफल महिला समूहको आयोजना तथा सुमेरु अस्पतालको सहकार्यमा शुक्रबार मनाइएको ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारी आज उक्त महिलाका लागि स्वास्थ्य शिविर राखिएको हो ।

समूहकी अध्यक्ष सुनिता खड्काले ७५ महिलाले आएर स्वास्थ्य परीक्षण गराएका बताइन् । उनले भनीन्, “हामी नारीमा हुने स्वास्थ्य समस्या निराकरणका लागि यस कार्यलाई अघि सारेका हौँ ।” परीक्षण गराउने महिला कसैलाई पनि जटिल समस्याको रोग नदेखिएको खड्काको भनाइ छ ।

उक्त शिविरमा गाईनोकोलोजि तथा फिजियो एवं स्त्री रोगका साथै महिनावारी हुँदै पाठेघर सम्बन्धी समस्याको परीक्षण गरिएको थियो । साे शिविरबाट महिलालाई ब्रेस्ट क्यान्सर तथा प्याब्स रमेर टेस्टका एवं अल्ट्रासाउण्डको पनि सेवा दिइएको आयोजकले जानकारी गराएका छन् ।

