ललितपुर, फागुन २७
विश्व नेपाली साहित्य महासङ्घ ललितपुर जिल्ला शाखाको सातौ शृङ्खला शनिवार महालक्ष्मी नगरपालीका हलमा भव्यरूपमा सम्पन्न भएको छ । प्रमुख अथिती ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको उपस्थिती भएको थियो ।
शिवरात्री अगिल्लो दिन २५ गते नारीदिवस परेको हुनाले नारी साहित्य अनुयायीहरूले नारीको भावना पोख्दै आफ्ना रचना वाचन गरेका थिए ।
सोही महिनामा विनेसामका सदस्य साहित्यकार पुष्पराज केसीकाे जन्मदिन परेको खुशीमा साहित्यकाररू बीच उहाको जन्मदिन मनाउदै उहाँलाई साहित्य सम्मानबाट सम्मानित पनि गरिएको थियो।
यसैगरी फागुन ५-७ मा भएको महालक्ष्मी महोत्सवमा पनि साहित्यको पहिचान झल्काउदै महालक्ष्मी वडा न ३ बोझेपोखरीमा आयोजना गरेको साहित्यिक सम्मान पत्र यसै कार्यक्रममा बितरण गर्दा साहित्यकारले आफ्नो मन भित्रका उर्जा र हौसलामा बधुवापन झल्केको महसुस गरेका थिएँ ।
विनेसामका अध्यक्ष कार्यक्रममा सभापती बुद्धिमान महर्जनले सबै साहित्यकारहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रम भव्य सव्यरूपमा सफल पारीदिनु भएकोमा बधाई दिनु भएको थियो ।
