ललितपुर, फागुन २७
बालबालिका अभिभावक र वडा समितिविच अन्तरक्रिया कार्यक्रम ललितपुर महानगरपालिका १४ मा रहेको सामुदायिक स्वास्थ्य केन्द्रकाे हलमा सम्पन्न भएको छ । उक्त कार्यक्रमकाे अध्यक्षता वडा सदस्य तथा वडा स्तरीय बाल संरक्षण समितिका संयाेजक संगिता अछामीले गर्नु भएको थियो। कार्यक्रमकाे प्रमुुख अतिथि १४ वडाका वडा अध्यक्ष अमृतजंग महत रहेकाे छ ।

साे कार्यक्रममा अभिभावक र बालबालिका बिच बाल अधिकार र अभिभावककाे भूमिकाका बिषयमा दाेहाेराे अन्तरक्रिया भएको थियाे । अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई बाल क्लबमा आवद्ध गराएकोमा नयाँ कुरा सिक्न बुझ्न मद्दत पुगेको अझ बढी समन्वय गर्न सुझाव दिनु भएको छ साथै ललितपुर महानगरपालिकाले बालबालिकाका लागि प्रयाप्त बजेटकाे व्यवस्था गर्न समेत सुझाव दिनु भएको छ ।

अभिभावकले हामीलाई समेत यसरी बाल अधिकारका बिषयमा सचेतना दिनु भएकोमा वडा स्तरीयबाल क्लब, तथा जनप्रतिनिधिहरुलाई धन्यवाद दिनु भएको छ । यस कार्यक्रमका संयाेजक तथा वडा सदस्य संगिता अछामीले यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद तथा आभार व्यक्त गरे ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *