ललितपुर, फागुन २१
ललितपुरमा रहेका सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार गृह मन्त्रालयमा सरूवा भएको छ। उनी २०७९ माघ १६ गते हाजिरि भएकाे थियाे ।
त्यस्तै, कारागार कार्यालय नख्खुकी जेलर कल्पना घिमिरे ललितपुरकी सहायक प्रमुख जिल्ला अधिकारी भएकी छन्।
गृह मन्त्रालयले सात जना सहायक प्रमुख जिल्ला अधिकारीसहित १८ जना उपसचिवको सरुवा गरेको छ ।
मन्त्रालयले आइतबारको निर्णयबाट विभिन्न जिल्लामा कार्यरत रहेका सात जना सहायक प्रमुख जिल्ला अधिकारीसहित दुई जना जेलर, दुई जना वरिष्ठ अध्यागमन अधिकृत, एक निर्देशकसहित १८ जना उपसचिवको सरुवा गरेको हो ।
