ललितपुर, फागुन १६

बालबालिकाले बाँच्न पाउने प्रमुख अधिकार रहेको प्रहरी निरीक्षक प्रेम प्रसाद रेग्मीले बताएको छ । प्रहरी वृत्त चापागाउँले बागमती गाउँपालिका  ४ प्युटार स्थित श्री कालिदेवी उच्च माध्यामिक विद्यालयमा बालबालिकाको हक अधिकार सम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजनामा प्रहरी निरीक्षक प्रेम रेग्मी सो कुरा बताएको हो ।

उनले प्रहरीलाई सबै भन्दा प्यारो लाग्ने इमानदार, ज्ञानी नागरिक हुने बताए । उनले भने – ‘कानुनले गर्नु भनेको काम नगर्नु र नगर्नु भनेको काम गर्नु नै अपराध भएकोले शिक्षक तथा अभिभावकले गर्नु भनेको काम मात्र गर्ने।’

उनले बालबालिका भविष्यको कर्णदार भएकाले हिंसामा परेका साथीहरूको पक्षमा हिंसा रोक्ने बताए । उनले प्रहरीले सबुद संकलन नगरे सम्म नुहाउने, लगाएको कुनै पनि लुगा नर्फेन वा नधुन आग्रह गरेका छन् ।

बाल अधिकार जनचेतनामूलक कार्यक्रममा अपराध, हिंसा, बाल  याैन दुर्व्यवहार, बाल विवाह, बालश्रम, मानव बेचबिखन र जबरजस्ती करणी, विद्युतीय अपराध, र राम्रो छुवाइ र नराम्रो छुवाइ जस्ता कुराहरू प्रस्तुत गरेको थियो ।

यस्तै, महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रकी वरिष्ठ प्रहरी नायब निरीक्षक कल्पना राईले बालबालिका माथि हुन सक्ने सम्भाव्य हिंसा अपराधहरू र जबरजस्ती करणी सम्बन्धी कानुनी व्यवस्था बारे प्रस्तुत गरेका छन् । उनले १८ वर्ष भन्दा कम उमेरको कुनै बालबालिकाको मन्जुरी लिइ वा नलिइ कुनै पनि तरिकाले करणी गरेमा सिधै अपराध हुने बताइन् । उनले भनिन -‘हाडनाता करणीमा जन्म कैद हुने ।’

वडाध्यक्ष राम कुमार लामाले यस कार्यक्रमबाट सिकेका विषयलाई व्यवहारिक रुपमा र समाजमा पनि लागू गर्न विद्यार्थीहरूलाई अनुरोध गरेको थियो ।

अतः मानव बेचबिखन गर्ने व्यक्तिलाई २० वर्ष सम्म कैद र २ लाख रुपैयाँ सम्म जरिवाना हुन्छ । प्रहरीले कुनै अपरिचित व्यक्तिहरुसँग सर्तक रहने तथा कुनै घटनाहरु भएमा तुरुन्तै १०० मा कल गर्ने र नजिकको प्रहरीलाई जानकारी दिन अनुरोध गरेका छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *