काठमाडौं, फागुन ६
रामेछापमा वनभोजमा खान सर्केर एकजनाको मृत्यु भएको छ । रामेछाप नगरपालिका प्रमुखका स्वकीय सचिव ४८ वर्षीय लक्ष्मण श्रेष्ठको मृत्यु भएको जिल्ला अस्पताल रामेछापले जनाएको छ ।
रामेछाप नगरपालिकाका कर्मचारीहरुले सोही पालिकाको वडा ७ सुकाजोरमा रहेको ताराखस्यो पोखरीमा वनभोज आयोजना गरेका थिए । खाना खाने क्रममा सर्केपछि श्रेष्ठलाई लामो समयसम्म खोकी लागेको थियो ।
