सुनौलो बिहानीको लालीमा
नयनको ढोका खोली
बाहिर नियालेर
आफूलाई खोज्न थाल्छु
अपरिचित सहरमा म !

बाटोहरूमा बटुवा हरु
कोषे ढुङ्गा छिचोल्दै
गन्तव्य तय गर्न लम्कीरहेको देख्छु
आफ्नै सुरमा….!

कोही ठेलामा कमॅ गर्दै
कोही बाटोको किनारमा !

मात्र जीवन गुजार्न त हो
भगवान् को कृपाले पाएको
एक जुनी काट्न त हो !

जिन्दगी के छ र फरक
जिउन सिके जिन्दगी सजिलो रहेछ

कहाँ फरक छ र ?
उहाँहरू र म !

फरक यति मात्रै
इच्छा र आकांक्षा अनि उदेश्य….!

फरक जे जति भए पनि
निश्कर्ष जिउन न त हो !
ढाँचा फरक होला
लय फरक होला
बाटो फरक होला !
कालको कोषेढुंगा सम्म
जिउन त हो !

जिउनु पर्छ जीवन !
बाटाका कर्मीहरु सरि
कर्म गर्दै रमाउदै खुशी साट्दै
अपरिचित सहरमा
आफैलाई खोज्दै म !

निलनकुमार थेच्वमि

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *