ललितपुर, फागुन ४

लिटिल स्टार स्कुलको रजत जयन्ती (२५औं वार्षिकोत्सव) को अवसरमा स्कुलका प्रधानाध्यापक चक्र महर्जनले गोदावरी गर भित्रका कोही आमाबुबा नभएकालाई महिनाको एक रुपैयाँ पनि तिर्न नपर्ने घोषणा गरेका छन् । उनले स्व. बेखलाल महर्जन र जगत बहादुर महर्जनलाई स्मरण गदै रजत जयन्ती अवसरमा उनीहरूको नाममा छात्रवृत्ति दिने घोषणा गरेको हो ।

उनले भने – ‘गोदावरी नगरभित्र रहेका आमाबुबा नभएकालाई महिनाको एक रुपैयाँ पनि तिर्नुपर्दैन, यदि आमा या बुबा कोही एक नभएकालाई ५० %छुट दिने।’

साथै, अहिले नयाँ भर्नाका लागि पनि २५ % छुट दिने बताए । यसै अवसरमा प्रधानाध्यापक चक्र महर्जनले आफ्ना विद्यार्थी नराम्रो बाटो, खराब र दुर्व्यसन तथा कुलतमा नलाग्ने उद्देश्यले फुटसल बनाउन लागेको जानकारी दिए । उनले विद्यार्थी, शिक्षक र अभिभावक सबै विदेश गए देश भयावह सृजना हुन् सक्ने चिन्ता व्यक्त गरे ।

यस्तै, प्रमुख अतिथिमा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले विद्यालय स्थापनामा आफू पनि संस्थापक सदस्य रहेको बताए । स्व बेखलाल महर्जन र जगत महर्जन स्कुल स्थापनाको लागि ठूलो भूमिका रहेको जानकारी दिए । उनले भने – ‘राम्रो विद्यालय खोल्ने कल्पना राखेको आज यस विद्यालयले धेरै प्रगति, उन्नति र मेहनतले आज त्यो कल्पना पूरा भएको छ।’ उनले आगामी दिनमा राष्ट्रको लागि सक्षम विद्यार्थी यस विद्यालयबाट उत्पादन हुने विश्वास राखेका छन् ।

उक्त कार्यक्रममा खाना महोत्सव, सांस्कृतिक नृत्य, गीत प्रस्तुत, स्कुलका विद्यार्थीले वैज्ञानिक सामाग्रीहरूको प्रदर्शनी, सम्मान पनि गरेकाे थियो ।

कार्यक्रमका सभापति विद्यालय व्यवस्थापनका अध्यक्ष तथा गोदावरी नगरपालिका १२ का वडाध्यक्ष जगतबहादुर महर्जन, विभिन्न विद्यालयका प्रधानाध्यापक, विद्यालय प्रतिनिधि, अभिभावकको बाक्लो उपस्थितिमा सम्पन्न भएको थियो ।

फाेटाेहरू

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *