सन्तोष बजगाई
सिन्धुली / श्री निजानन्द सम्प्रदाय श्रीकृष्ण प्रणामी धर्मको नेपालमा एक छुट्टै एतिहासिक महत्व बोकेको सुनकाेशी झाँगाझुलीको १०८ औं वार्षिक उत्सवकाे उद्घाटन भव्य रुपमा सम्पन्न भएकाे छ ।
फागुन ३ गते देखि सुभारम्भ गरि ९ गते समापन हुनेगरी आयोजना गरिएको हाे । कार्यक्रम समुदघाटन, नेपालको केन्द्रिय धाम नवतनधामका गादिपती बाबा सन्त श्री १०८ अमृत राजजी महाराजका मुखारबिन्द बाट मंचमा रहेको मुख्य ब्यानर पाठ बाट साथै गाउँ पालिका अध्यक्ष तथा श्रीकृष्ण प्रणामी सेवा समिती नेपालका केन्द्रीय अध्यक्ष श्री श्यामकृष्ण शर्माबाट दीप प्रज्वलन गरि कार्यक्रम भव्यरुपमा समुद्घाटन भएको थियो ।
उक्त कार्यक्रममा श्रीकृष्ण प्रणामी मन्दिर मुक्तिधाम इटहरीका गादिपती श्री १०८ कृष्णदास जि महाराज, श्री भक्तिभुषण माहाराजजी, देवघाट धाम चितवनबाट श्री कृष्णमंगलम महाराज, धर्म प्रचारक केसव लामिछाने, मनोजजी महाराज, साध्वी कोपिला माता साथै भक्तजन सुन्दरसाथको बिशाल उपस्थिति रहेको थियो।
कार्यक्रम सम्योजक श्री खिल प्रसाद घिमिरेकाे सभापतित्वमा संचालित उक्त समुद्घाटन कार्यक्रम सन्त गुरुजनहरुको सानिध्यतामा प्रमुख अतिथीको रुपमा गाउँपलिका अध्यक्ष रहनु भएको थियो भने बिशिस्ट अतिथिको रुपमा श्रीकृष्ण सेवा समितिका केन्द्रीय अध्यक्ष रहनुभएको थियो भने श्रीकृष्ण प्रणामी समाजका विशिष्ट महानुभावहरुका साथै श्रीकृष्ण प्रणामी युवा परिषद र बाइजुराज महिला समितीका केन्द्रीय अध्यक्ष अतिथिको रुपमा उपस्तिथि रहेको थियो ।
उक्त कार्यक्रमको संचालन श्रीकृष्ण प्रणामी समाजका युवा धर्म प्रचारक पण्डित श्री घनश्याम अधिकारीले गर्नुभएको थियो । उक्त कार्यक्रममा सुनकोशी गाउपालिकाका उपप्रमुख, प्रशासकीय अधिकृत लगायत गाउपालीकाका १ वडा देखि ७ नं. वडा सम्मका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु र वडा सदस्यहरु लगायत विभिन्न संघ सस्थाका बिशिष्ट महानुभावहरु र एतिहासिक कार्यक्रममा नेपाल र भारतका विभिन्न स्थानहरुवाट आएका सुन्दरसाथ तथा भक्तजनहरुको ठुलो सहभागिता रहेको थियो ।
कार्यक्रममा १०८ ब्रम्हमुनिज्युहरुले श्रीमत तारतम सागरको पाठ पारायण गरिरहनुभएको छ भने विभिन्न धार्मिक सास्कृतिक कार्यक्रमहरुको प्रस्तुतिका साथ ७ दिन सम्म चल्ने उक्त कार्यक्रममा श्रीमद भागवत श्रीकृष्ण कथाको ब्याख्यान श्री पिताम्बर पिठ , आसामबाट पाल्नुभएका श्री १०८ नारायण स्वामी महाराजबाट प्रारम्भ गरिएको श्रीकृष्ण प्रणामी मन्दिर सुनकाेशी-३, झाँगाझुली संचालक समितिले जनाएको छ।
