ललितपुर, फागुन ४

महालक्ष्मी नगरपालिकामा महालक्ष्मी महाेत्वस भाेलि देखि हुँदै छ ।
फागुन ५, ६ र ७ गते महोत्सव हुने भएको छ । “महालक्ष्मी नगरको समृद्धिको आधार शिक्षा उद्योग पर्यटन र व्यापार” भन्ने मुल नाराका साथमा महालक्ष्मी महोत्सव मनाउन लागेको हो ।

महालक्ष्मी नगरपालिकाको आयोजनामा हुन लागेको महोत्सव सभ्य र भव्य रुपमा हुने महालक्ष्मी नगरपालिकाले जनाएको छ ।

भाेलि वडा नं ८ लुभुस्थित महालक्ष्मी मन्दिर परिसरमा नेपाल सरकारका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले महोत्सवको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक नगरपालिकाले जानकारी दिएको छ । 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *