ललितपुर, फागुन ४
प्रहरी प्रभाग लुभुमा कार्यरत प्रहरी नायव निरीक्षक सन्तोष कुमार बुढाथोकी माघ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको छ । उनलाई जिल्ला प्रहरी परिसर ललितपुरले उत्कृष्ट काम गरेबापत सम्मान गरेको हो ।
प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा कार्यको उचित मूल्याङकन गर्दै सम्मान गरेको थियो ।
