ललितपुर, फागुन ३
“दुर्बेसन मुक्त समाजको निर्माणमा अगाडि बढौ” भन्ने विषयमा श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति ललितपुरका सचिव सचिन्द्र मर्हजनसंग लिएकाे अन्तर्वार्ता :
नेपालमा श्रीकृष्ण प्रणामी युवा परिषद स्थापना कहिले भयो ?
श्रीकृष्ण प्रणामी धर्ममा दिक्षित देशभरका युवालाई संगठन र दुव्यसन मुक्त एवं अध्यात्मिक, निष्ठावान, सद आचरण, भएका युवाहरूलाई संगठित गरी ‘सर्वधर्म, समन्वयको भावना विकास गर्ने हेतुले “दुर्बेसन त्यागौ, सेवामुखी बनौ” भन्ने मुल नाराका साथ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालको बि.स २०४७ साल माघ १८ गते स्थापना भएको हो ।
तपाई श्रीकृष्ण प्रणामी धर्म तथा युवा परिषद नेपालमा कहिले देखि आवद्ध हुनुभयो?
म श्रीकृष्ण प्रणामी धर्म निजानन्द सम्प्रदाय मा २०५३ साल जनै पुर्णिमाको दिन देखि र श्री कृष्ण प्रणामी युवा परिषद नेपालमा बि.स २०५४ सालदेखी नै निरन्तर रुपमा इमाडोल प्रा.स सदस्य हुँदै जिल्ला सदस्य जिल्ला सह सचीव हुँदै हाल अहिले श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति ललितपुर सचिवमा आवद्ध छु।
श्रीकृष्ण प्रणामी युवा परिषद नेपालका उदेश्यहरु केके छन ?
श्रीकृष्ण प्रणामी युवा परिषद नेपालका निम्न उदेश्यहरु रहेका छन् :
१) श्री कृष्ण प्रणामी धर्मालम्बी युवाहरुलाई संगठित गर्ने,
२) युवा वर्गमा नैतिकता, सदाचार, अनुशासन र धार्मिक तथा सामाजिक भावनाको विकास गर्ने,
३) स्वधर्म साथै हिन्दु धर्मको संरक्षण र सम्बर्धन गर्ने,
४) सेवा मुलक कार्यक्रम संचालन गरी सामाजिक विकास गर्ने,
५) धुम्रपान, मद्यपान तथा लागू पदार्थ दुर्व्यसन विरुद्ध कार्यक्रम संचालन गरी जनचेतना बढाउने,
(६) सभ्य मानव समाज विकास र राष्ट्र निर्माणको लागि पूर्वाधारको रुपमा लिईने शिक्षा, स्वास्थ्य, साहित्य, कला, संस्कृति, धर्म, सामाजिक सेवा जस्ता क्षेत्रमा विशिष्ट एवं उल्लेखनीय योगदान गर्ने प्रतिभाशाली व्यक्तित्वलाई सम्मान गर्ने उद्देश्यले यस संस्थाले विभिन्न शीर्षकमा पुरस्कार कोष स्थापना गरी संचालन गर्ने ।
श्रीकृष्ण प्रणामी युवा परिषद नेपालका काम र कर्तव्य के के हुन् ?
श्रीकृष्ण प्रणामी युवा परिषद नेपालका काम र कर्तव्य हरु निम्न रहेका छन् :
१) बिभिन्न धार्मिक तथा सामाजिक संस्थाहरु बीच समाञ्जस्यता कायम गर्ने,
२) धार्मिक, सामाजिक, रचनात्मक कार्यक्रम संचालन गरी समाजमा भएका र हुने विकृति विसंगति तथा समस्याहरुलाई निर्मुल पार्न प्रयासरत रहने,
३) अहिंसा परमोधर्म भन्ने भावनाको समाजमा अभिवृद्धि गराउने,
४) लागू पदार्थ, दुर्व्यसन, मद्यपान जस्ता कुलतहरु हटाई युवा वर्गमा नैतिकता, सदाचार, अनुशासन र धार्मिक तथा सामाजिक भावनाको विकास गर्ने कार्यक्रम संचालन गर्ने,
५) श्रीकृष्ण प्रणामी धर्म सम्बन्धी ग्रन्थ, लेख, अध्ययन, अध्यपन प्रकाशन गराई हिन्दुहरुको एकमात्र आस्थाको केन्द्र पूर्ण व्रम्ह परमात्मा श्रीकृष्ण प्रति आस्था र विश्वास अभिवृद्धि गराउने कार्यक्रम संचालन गर्ने,
६) धर्मले निषेधित गरेका वस्तुहरु, खानपान र आचरणमा शुद्धता ल्याउने कार्यक्रम संचालन गर्ने,
७) अनाथ एवं वृद्धहरुको संरक्षणको निम्ति आवश्यक संरक्षण स्थलको विकासमा जोड दिने,
८) श्रीकृष्ण प्रणामी मठ मन्दिर तथा सेवा आश्रमहरुको संरक्षण, विकास गर्ने गराउने,
९) हिन्दुत्वको संरक्षण गर्न सधैं तयार र सजग रहने,
१०) श्रीकृष्ण प्रणामी धर्म समुदायभित्र गठित संघ संस्थाहरुसंग सदभाव र सहयोगको भावना राखी परस्पर मिली कार्यक्रम संचालनमा जोड दिने ।
श्रीकृष्ण प्रणामी युवा परिषद नेपालले के – कस्ता योजना लिएर अघि बढेको छ ?
- केएचडिसि नेपालको प्राविधिक सहयोगमा नवतनधाममा नियमित निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रमको शुरुवात,
- स्कुल तथा कलेजमा लागुपदार्थ दुव्र्यसन विरुद्ध सचेतना सहित अहिंसा तथा आहार सम्बन्धी सचेतना कार्यक्रमको थालनी,
- विभिन्न संघसंस्थासंग समन्वय गरी “शाकाहारी बनौं अभियान” लाई अझ प्रभावकारी रुपमा संचालन गर्दै सवै जिल्लामा पु¥याउने लक्ष्य रहेको,
- दुध दोहन पछि असक्त अवस्थामा सडक पेटीमा छोडिएका गाईवाछाहरुको हेरचाहको लागि सेल्टर स्थापनाका लागि सेवा समितिसँग समन्वय गरी कार्य गर्ने साथै गाईवस्तु नछाड्नको लागि सचेतना अभियान गर्ने,
- जिल्ला जिल्लामा सांगठनिक क्षमता अभिवृद्धि र अध्यात्मिक शिविर सञ्चालन,
- युवालाई समेट्न खेलकुद मनोरञ्जन कार्यक्रम जिल्ला जिल्लामा शुरुवात भईरहेकालाई निरन्तरता,
- युवा उद्यमशिलता र रोजगारका लागि सरकारी तथा गैर सरकारी संघसंस्थासंग समन्य गरी मोवाईल रिपेरियङ्ग, वायरिङ्ग, प्लम्बन्गीङ्ग, केयर गिभर जस्ता राृेजगार उन्मुख तालिमको लागि पहल ।
तपाईले जिल्लाको नेतृत्व समालेको ३० महिना बितिसक्दा समाजमा के- कस्ता सेवाका कार्यहरू गर्दै आउनु भयो ?
मैले जिल्लाको नेतृत्व समालेको ३० महिना बितिसक्दा निम्न कार्यहरु गरेर अगाडि बढेको छु:
- २०७८ साल मंसिर ३ गते मेरै नेतृत्व मा पृथ्वी परिक्रमा कार्यक्रम सम्पन्न गरियो,
- २०७९ सालमा घर घर घरमा १०८ तारतम सागरको पाठ पारायण सहित २०८० साल कात्तिक २३ गते पृथ्वी परिक्रमा कार्यक्रम सम्पन्न गरियो,
- २०७९ सालमा जनबिकास माबी झरुवाराशीमा ट्रक्यासुट सहित विभिन्न दाताबाट १ लाख को अक्षयकोष स्थापना गरियो,
- २०८० साल बैशाख १ देखि ९ गतेसम्म श्रीकृष्ण प्रणामी मुल मन्दिर इमाडोलको ५० औं बार्षिक उत्सवको अबसरमा आयोजित १०८ तारतम सागर पाठ पारायणमा महत्त्वपूर्ण भुमिका खेलियो,
- २०८० जेठ ६ गते मेरै नेतृत्व मा भट्टेडाडामा अग्नि पिडित रामशरण सापकोटा को घरमा ७५००० सहयोग
- २०८० साल मंसिर ९ गतेको पृथ्वी परिक्रमा को लागि मेरो नेतृत्व मा एकलाख मेहेर सागर पाठ सहित उक्त कार्यक्रम सम्पन्न गरियो,
- २०८० साल पौष १६ गते बर्तमान जगतगुरु आचार्य श्री १०८ कृष्णमणि महाराजको जन्म उत्सवको अबसर पारी घरघरमा २२२ तारतम सागर पाठ पारायण सहित श्रीकृष्ण प्रणामी युवा परिषद नेपालको ३४ औं स्थापना दिवस भब्य रुपमा सम्पन्न गरियो,
- विभिन्न किसिमका दुर्बेसन विरुद्ध का सचेतना अभियान सन्चालन गरियो,
- बिशेष सरि कोरोना मा निःशुल्क भोजन रक्तदान कार्यक्रम सन्चालन परामर्श सेवा आवश सेवा अक्सिजन ब्यवस्थापन तथा राहात उद्दार कार्यमा निरन्तर सेवा प्रदान,
- युवा लक्ष्यित उत्तप्रेरणा मुलक प्रशिक्षण शिबिर कार्यक्रम जेष्ठ नागरिक सम्मान र हेरचाह नि:शुल्क स्वास्थ शिबिर तथा आँखा शिबिर कार्यक्रमहरु गरियो,
- मठ मन्दिर पुजाको थलो हो हत्याहिंसा नगरौं सफा सुगर राखौ बाधसाला नबनौ जस्तै पशुबली निशेध सचेतना अभियान गरियो,
- आध्यात्मिक प्रशिक्षण शिबिर तथा प्रास जागरुक बनाउने कार्यहरु गरियो।
अब बाँकी कार्यकाल कसरी बिताउँनु हुन्छ?
अध्यक्षको कार्यकालमा रहदा पनि नरहदा पनि म जति समय बाच्छु त्यति नै समय आध्यात्मिक एबम सामाजिक क्षेत्रमा रहेर सभ्य समाज निर्माणको लागि दुर्बेसन मुक्त समाज निर्माणको कार्यमा लागिरहने छु।
दुर्बेसनमा लागेका युवाहरुलाई के भन्नू हुन्छ ?
जुनसुकै किसिमको दुर्बेसन होस त्यो ब्यक्ति समाज र रास्ट्रको लागि घातक भएकाले सम्पुर्ण युवाहरुलाई त्यसबाट टाढा रहन अपिल गर्दछु। साथै श्रीकृष्ण प्रणामी युवा परिषदको मुल नारा दुर्बेसन त्यगौ, सेवामुखी बनौ भन्ने मुल नारामा जोडिनको लागि अपिल गर्दछु।
नेपाल सरकारले कस्ता कस्ता नितिहरु लेराए दुर्बेसन मुक्त समाज बन्छ ?
नेपाल सरकारले निम्न नितिहरु लेराए दुर्ब्रेसन मुक्त समाज बन्छ।
- नेपाल सरकारले विद्यालय तहबाट नैतिक शिक्षा प्रदान गर्दै दुर्बेसन ले पारेको असर र समाज सुधारको अबधारणा सम्पुर्ण पाठ्यक्रम मा राख्न सुझाव दिन्छु,
- जनचेतना मुलकका अभियान हरु संचालन गर्नु पर्दछ,
- विभिन्न सञ्चार का माध्यमहरुले दुर्बेसन र यसको असरको बारेमा एबम रोकथामको लागि प्रयास आम जनता सामु जानकारी गराउनु पर्दछ।
