ललितपुर, फागुन २

गाेदावरी नगरपालिका – ३ का वडाध्यक्ष राज घिमिरेले अपांगता भएका ब्यक्तिको समुहलाई १ लाख काम सुरु गर्न ब्यक्तिगत पैसा दिने घोषणा गरेकाे छ ।

जसले लोकप्रिय वडाध्यक्ष बन्न सफल भएको छ । हिजो मात्र सम्पन्न भएको कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूलाई विशेष महत्व दिँदै फरक क्षमता भित्रको क्षमता विकास कार्यक्रममा फिनेल, हार्पिक र झोल साबुन बनाउने ३ दिने तालिम राखेको थियो ।

उनले प्रत्येक दिन नयाँ नयाँ काम गर्दै आएको छ । अपाङ्गता भएका व्यक्तिहरूलाई क्षमता विकासका साथ सीपमूलक तालिमले हौसला बढ्न सक्ने उल्लेख गरेका छन् । अपाङ्गता भएका व्यक्तिहरूको हकहित र अधिकारका लागि सधैँ चिन्तित र तत्पर रहेको बताएको छ ।

“भौतिक र धेरै विकास गरेर मात्र हुन्दैन्, मानिसमा चेतना पनि हुनुपर्ने” उनले भने, “जसले समाजले वास्ता र काम गर्दैन, त्यसलाई नै वडाको बजेटले काम गर्ने हो ।”

उनले फेसबुकमा मन छुने स्टाटस लेखेका थिए । उनले फेसबुकमा लेखेका थिए ‘दौडन सक्नेको पछी दुनिया दौडन्छ तर हामी हिड्न, बोल्न र चल्न नसक्नेको पछि हिड्ने छु’फेसबुकमा स्टाट्स लेखेका छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *