काठमाडौं, फागुन २
विद्यादेवी सरस्वतीको पूजाअर्चना गर्दै आज मंगलबार श्रीपञ्चमी पर्व मनाइँदै छ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन यो पर्व मनाउने गरिन्छ । बसन्त पञ्चमीका नामबाट पनि चिनिने पर्वमा विणा र पुस्तक लिएकी विद्यादेवी सरस्वतीको पूजा गर्ने परम्परा छ ।

सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु सुरु हुने भएकाले यस दिनलाई वसन्त पञ्चमी पनि भन्ने गरिएको हो । यसैगरी, श्रीपञ्चमीको दिन बालबालिकालाई अक्षराम्भ पनि गराउने चलन छ ।

यसदिन उपत्यकालगायत देशभरका सरस्वती मन्दिरमा भक्तजनको घुइँचो लाग्नेगर्छ । सरस्वतीलाई चढाइएको सात गेंडा अक्षता निलेमा विद्या–बुद्धि बढ्ने, ज्ञान हासिल र चेतनाको ज्योति पाइने धार्मिक विश्वास छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *