ललितपुर, फागुन १

महालक्ष्मी नगरपालिका – ९ स्थित श्री सिस्नेरी माध्यामिक विद्यालयको ७३ औं वार्षिकोत्सव मनाइएको छ । २००८ सालमा स्थापित भएको थियो । यस विद्यालयले युगानुकूल को नवीनतम् प्रविधिको प्रयोग गरी विद्यार्थीको उज्ज्वल भविष्य निमार्ण मा जोड दिएको छ । वार्षिकोत्सव अवसरमा अभिभावक दिवस, सिस्नेरी प्राज्ञिक आलोक स्मारिका भाग २, २०८० विमोचन तथा पुरस्कार वितरण समारोह गरेका छन् । उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरूलाई नगर पुरस्कार दिएको थियो ।

यस विद्यालय शैक्षिक धरोहरको रुपमा रहेको प्रधानाध्यापक डा चेतनाथ पन्तले बताए । व्यवहार कौशल सीपहरू विकास नगरी सिकाइ अर्थपूर्ण हुँदैन भन्ने मान्यतालाई आत्मसात् गर्दै विद्यार्थीहरूमा समालोचनात्मक सोच, समस्या समाधान कला, सहकार्य तथा सहअस्तित्वका भावना जागृत गराउन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूसँग समन्वय गरी तालिम, कार्यशाला, तथा उत्प्रेरणामूलक कक्षाहरू सञ्चालन गरिएको जानकारी दिए ।

उनले भने- ‘‘शिक्षालाई संस्कार तथा उद्यमशीलतासँग जोड्दै देशको सक्षम जनशक्ति निर्माणमा टेवा पुऱ्याउने उद्देश्यका साथ विद्यालय अघि बढिरहेको छ।’’

विद्यार्थीहरूमा सामाजिक र व्यवहारिक सीप विकासको निमित्त महालक्ष्मी नगर भित्रको सामुदायिक विद्यालयहरूमध्ये सबैभन्दा पहिले स्काउट सञ्चालन र अभिभावकहरूले आफ्ना बालबालिकाप्रति विद्यमान सोच परिवर्तन गरी सकारात्मक सोच राख्न अभिभावकहरूको लागि पनि सकारात्मक अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।

यस्तै, यस वडाका वडाध्यक्ष जयकृष्ण बोगटीले शिक्षा देख्दा दुई शब्दमा देखिन्छ तर तिन वटा कुराहरू समावेश भएको बताए । उनले भने- ‘‘शिक्षा दिनका लागि सर्वप्रथम अभिभावक, शिक्षक र विद्यार्थी बिना शिक्षा हासिल गर्न सक्दैन ।’’

अविभावकले विद्यालय पठाउदैन, शिक्षकले राम्रो शिक्षा दिँदैन र विद्यार्थीले राम्रो शिक्षा लिदैन्, पठाउने, दिने र लिने यी तिन कुराले आवश्यक शिक्षा हासिल गर्न नसक्ने जिकिर गरे ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *