भिम बगाले/ काठमाडौं, फागुन १
जन्मिन साथ बच्चाले आमाको शरिर बाट दुधको रुपमा भोजन अनि वात्सल्यको रुपमा प्रेम प्राप्त गर्छन् । वास्तवमा भोजन शरिरको आधार हो भने प्रेम आत्माको भोजन हो ।
प्रेम सायद मान्छेले सबैभन्दा धेरै प्रयोग गरेको र सबैभन्दा कम बुझेको सब्द यही हो। कसैप्रति स्विकारभाव र उन्मुक्तताका साथ प्रस्तुत हुनु प्रेम हो। प्रेम स्वभाव हो । जसरी शरिरलाइ भोजनको आबश्यकता पर्छ त्यसैगरि हृदयलाई प्रेमको आबश्यकता हुन्छ ।
रोममा तेश्रो सताब्दिका युद्धपिपासु शासक क्लाउडियसले शासन गर्दा थप नयाँ नयाँ शैनिक भर्ना गर्न खोजिरहनु हुन्थ्यो । भने अधिकांस परिवार युद्ध चाहादैन थिए। क्लाउडियसलाई लाग्यो बिबाहितहरु परिवार छोड्न चाहादैनन् । उहाँले विवाह माथी नै प्रतिबन्ध लगाइदिनु भयो ।
उक्त समयमा भ्यालेनटाइन नाम गरेका एक जना पादरी हुनुहुन्थ्यो। उहाँले त्यस बेलाको शासकको नियम विपरित विबाह गर्न रुचाउने जोडीहरुलाई गोप्य रुपमा विवाह गरिदिनु हुन्थ्यो। शासकको नियम विपरीतको कार्य गरेको आरोपमा उहाँलाई राज्यले नियन्त्रणमा लियो र मृत्युदण्डको सजाय सुनाइयो। भ्यालेन्टाइन मृत्युदण्डको पर्खाइमा जेलमा हुँदा उनको समर्थनमा प्रेम प्रेमिकाहरु उहाँलाइ भेट्न पुगिरहन्थे । भेट्न आउने मध्ये जेलरकी जवान छोरी पनि थिइन् । आफ्नो पिताले उनलाई भ्यालेनटाइन भएकै स्थानमा गएर भेट्ने छुट दिएका थिए। मृत्युको प्रतिक्षा गरिरहेका भ्यालेन्टाइन उक्त युवती सँग घण्टौ आफ्नो भाबना पोख्थे । युबती उनको उत्साह बढाँउदै भन्थिन् । तपाँइ माहान कार्यको लागि आफ्नो जीवन समर्पण गर्दैहुनुहुन्छ, तपाँई धन्य हुनुहुन्छ । आउने दिनमा अनेक प्रेमिले हजुरलाई अम्मर बनाउनेछन् ।
सन् २६९ फरवरी १४ का दिन मृत्युदण्ड पाउनु अघि भ्यालेन्टाइनले युवतीलाई प्रेम, विश्वास र समर्पणका लागि धन्यवाद दिदै लेखेको सानो पत्रमा भनिएको थियो। लभ फ्रम योर भ्यालेन्टाइन उहाँ त प्रेमको पबित्र बिउ रोपेर मारिनुभयो तर उहाँले लेखेका यी अन्तीम सब्दहरु लाखौ प्रेमीहरुले आज पनि आपसमा साटासाट गरि प्रमाणित गरिरहेका छन् ।
प्रेमको आत्मसम्मान बाट बञ्चीत व्यक्तिहरु अति महत्वकांक्षी बन्छन् अनि संसारको धन दौलत, पद प्रतिष्ठा प्राप्त गरेर स्वयमलाइ सम्मानित गर्ने दुश्साहस गर्छन्। यी सबै बाहिरी श्रृंगार मात्र हुन्। अन्तमा सबै बाहिरै छुट्छन् । जसलाई प्रेमको अभावमा कुनै उत्प्रेरणा नै पैदा हुदैन फलस्वरुप निरास, असुजनसिल र दुखद जीवन जीउन बाध्य हुन्छन् । संसारका अति महत्वाकांक्षी र कुर अपराधीहरु दुबै प्रेमको अभावले पैदा हुन्छन् । जो व्यक्ती कसैको गहन प्रेममा छ
उसबाट हत्या हिंसा र अन्याय सम्भव नै हुदैन। कसैले एक व्यक्तीलाई सम्म प्रेम गर्न सक्दैन भने उसले यस समष्टीमा व्याप्त अदृष्य परमात्मालाई कसरी प्रेम गर्न सक्छ ?
धर्मको प्राण नै प्रेम र सेवा हो। कसैलाई उपदेश मात्र दिनु भन्दा समयमा सहायता प्रदान गरि व्यक्तीलाई मुस्किल अवस्था बाट बाहिर ल्याउनु वास्तविक प्रेम हो सेवा पनि हो। अरुलाई प्रेम गर्न र खुशी बनाउन भन्दा पहिला प्रेम गर्ने व्यक्ती नै खुशी हुनुपर्छ । लिनुमा भन्दा दिनुमा दिनुमा आनन्द आयो भने मात्र त्यो सच्चा प्रेम हो। जति दियो त्यतिनै फिर्ता खोज्यो भने त्यो प्रेम हुन सक्दैन मात्र व्यपार हुन्छ ।
शाश्वत प्रेम
सत्री सताब्दिका विश्व विभुति, विश्व बन्दनिय महामति श्री प्राणनाथजीले प्रेमले भरिएको भौतिक तथा आध्यार्तक रुपले उन्नत शान्त, स्वस्थ, र सुन्दर विश्व निर्माणका लागि प्रदान गर्नुभएको सुत्रहरुलाई सन् १८९३ मा अमेरिकाको सिकागो शहरमा सम्पन्न विश्व धर्म सम्मेलनले पनि पुष्टि गर्यो। विश्वका सम्पुर्ण प्राणीहरुलाई एउटै परिवारका अभिन्न अंग मानेर विश्वको कल्याण र सुख शान्तिको लागि (सुख शीतल करूं संसार) सारा जगतलाई नै सुख र शीतलताले भरिएको सुन्दर र पवित्र स्थान बनाउनु पर्दछ। जहाँ सबै जात जातिहरु मिलेर निर्भयका साथ बस्न सकुन ।
प्रेम खोल देवे सब द्वार, पारैके पार जो पार।
प्रेम धाम धनिको विचार, प्रेम सब अंगो सिरदार ॥
महामतिजी दिव्य प्रेमको कुरा गर्नुहुन्छ प्रेम साक्षात शब्दातीत छ। त्यो दिव्य प्रेम शब्दको सीमा चौध लोक ब्रह्माण्ड भन्दा धेरै पर अक्षेरातीत सम्म छ। शाश्वतको अर्थ सनातन जो कहिल्यै परिवर्तन हुदैन। पुर्विय दर्शनका समस्त धर्म ग्रन्चहरुले श्री राधा र कृष्णको प्रेम लाई शाश्वत मानेको छ, संसारको प्रेमलाई मोह भनिन्छ। मोहमा कुनै न कुनै रुपमा स्वार्थ लुकेको हुन्छ तर परमात्मा संगको प्रेम निस्वार्थ हुन्छ, अपेक्षा रहित हुन्छ। मात्र परमात्मा संग मिलनको उत्कट चाहना हुन्छ ।
जगतका जड पदार्थ, पशुपंक्षी, मानव आदी चराचर जगत प्रति सेवा, करुण र दयाको भाव हृदयमा बिकसित गर्न सके मात्र परमात्माको प्रेमको अनुभुति गर्न सकिने कुरा बिभिन्न महापुरुषहरुले स्पष्ट पारेका छन् । महामति प्राणनाथजी भन्नुहुन्छ प्रेमले सबै द्वारहरु खोलि दिन्छ।
प्रेमको कारणले नै प्रमात्मा प्रति अथाह श्रद्धा पैदा हुन्छ । त्यसकारण प्रेमलाई परमात्माको सर्वश्रेठ आनन्द अंग मानिएको छ। परमात्मा संगको सनातन प्रेमको विषयमा आर्मस्ट उइलियम्स भन्नुहुन्छ, जीवनको अत्यन्त कठिन र विकट परिस्थितिमा समेत हामीले परमात्मा संगको प्रेममा अद्भुत शान्तिको अनुभव गर्न सक्दछौ ।
