ललितपुर, माघ २९

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को गोदावरी नगरपालिका ११ वडा कमिटी अध्यक्षमा दिनेश श्रेष्ठ सर्वसम्मत रुपमा चयन भएका छन् । वडाको दोश्रो अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा २३ सदस्यीय वडा कमिटी गठन भएको हो ।

अघिल्लो कार्यकालमा सचिव रहेका उनी यो पटक अध्यक्षमा निर्वाचित भएका हुन् ।

कमिटीको उपाध्यक्षमा मेनुका महर्जन रहेकी छिन् । यसैगरी सहसचिवहरुमा हिरा बहादुर महर्जन र मुक्तराज गोले रहेका छन् ।

नेकपा एमालेका केन्द्रिय कमिटी सदस्य तथा गोदावरी इञ्चार्ज हरिकृष्ण व्यञ्जनकारको प्रमुख आतिथ्यतामा वडा कमिटी गठन सम्पन्न भएकाे थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *