ललितपुर, माघ २९

गोदावरी नगरपालिका – ३ का वडाध्यक्ष राज घिमिरेले अपाङ्गता भएका व्यक्तिहरूलाई विशेष महत्व दिँदै जाने बताएको छ । अपाङ्गता भएका व्यक्ति तथा परिवारलाई वडा ३ को आयोजनमा फरक क्षमता भित्रको क्षमता विकास कार्यक्रममा फिनेल, हार्पिक र झोल साबुन बनाउने ३ दिने तालिम राखेको हो । अपाङ्गता भएका व्यक्तिहरूलाई क्षमता विकासका साथ सीपमूलक तालिमले हौसला बढ्न सक्ने उल्लेख गरे । 

उनले भने – “अपाङ्गता भएका व्यक्तिहरूको हकहित र अधिकारका लागि सधैँ चिन्तित र तत्पर रहेको ।”“भौतिक र धेरै विकास गरेर मात्र हुन्दैन्, मानिसमा चेतना पनि हुनुपर्ने” उनले भने, “जसले समाजले वास्ता र काम गर्दैन, त्यसलाई नै वडाको बजेटले काम गर्ने हो ।” 

यस्तै, कार्यक्रम संयोजक तथा प्रशिक्षक हरिगोविन्द महर्जनले यस्तो कार्यक्रम गोदावरी नगरमा अहिले सम्म नमुना भएकोले वडाध्यक्ष प्रति धन्यवाद प्रकट गरे । उनले अरु वडाध्यक्षहरू लाई वडा ३ का वडाध्यक्ष सँग सिक्न अनुरोध गरेका छन् । अपाङ्गताहरू लाई सामाग्री मात्र वितरण नगरी दीर्घकालीन सम्म साथ र हौसला दिनु आवश्यक रहेको बताए ।

 यस तालिममा ३० जना रहेको र तालिमबाट उनीहरु धेरै खुसी भएको जानकारी दिए । उत्पादित सामानलाई बजारीकरणका लागि वडाध्यक्ष सँग पहल गरेका छन् ।  

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *