ललितपुर, माघ २९
महालक्ष्मी नगरपालिकामा महालक्ष्मी महाेत्वस हुँदै छ ।
यहि आउँदो फागुन ५, ६ र ७ गते महोत्सव हुने भएको छ । “महालक्ष्मी नगरको समृद्धिको आधार शिक्षा उद्योग पर्यटन र व्यापार” भन्ने मुल नाराका साथमा महालक्ष्मी महोत्सव मनाउन लागेको हो ।
महालक्ष्मी नगरपालिकाको आयोजनामा हुन लागेको महोत्सव सभ्य र भव्य रुपमा हुने महालक्ष्मी नगरपालिकाका शिक्षा शाखाका प्रमुख चिरञ्जीवी पौडेलले बताए ।
कार्यक्रमहरू
समुद्घाटन समारोह फाल्गुण ५ गते शनिबार बिहान ११:०० महालक्ष्मी न.पा.-८, लुभू भगवती लाक्षीमा हुने, खाना महाेत्सव तथा प्रदर्शनी कार्यक्रम फाल्गुण ६ गते आईतबार बिहान १०:०० बजे महालक्ष्मी न.पा.-६ सिद्धिपुर र महालक्ष्मी न.पा.-३ बोजेपोखरीमा र समापन समारोह फाल्गुण ७ गते सोमबार बिहान १०:०० बजेदेखि महालक्ष्मी न.पा.-१० लाकुरी भन्ज्याङ पिकनिक स्थल हुने चिरञ्जीवी पौडेलले जानकारी दिए ।
कार्यक्रमका मुख्य आकर्षणहरूः
स्थानीय मौलिक कला संस्कृतिको प्रदर्शनी, मौलिक खाना स्टलहरू, स्थानीय उत्पादनहरू लाईभ डेमोस्ट्रेसन ख्यातिप्राप्त कलाकारहरुद्वारा लाईभ साँगीतिक कार्यक्रमहरु तथा नृत्यहरू, व्यापारिक स्टलहरू, बोटिङ आदि हुने आयाेजकले जनाएको छ ।
