ललितपुर, माघ २५
मानसिक अस्पतालले किशोरकिशोरी मानसिक स्वास्थ्य इकाइको शुभारम्भ गरेको छ ।
सो इकाइको उद्घाटन आज स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले किशोरकिशोरीको मानसिक स्वास्थ्य समस्या हल गर्ने उद्देश्यका साथ गरेका हुन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मानसिक रोग नेपालमा चुनौती बनिरहेको बताएका छन् । उनले नेपालमा बालबालिकादेखि किशोरकिशोरीहरुमा मानसिक रोगको समस्या बढ्दै गइरहेको बताए ।
उनले मानसिक रोगको उपचार केन्द्र सातै प्रदेशमा बिस्तार गर्न जरुरी रहेको बताउदै एक सय मानिस मध्येका १० जनामा सो रोगको समस्या देखिएकोले रोगका बिरामी किन बढिरहेका छन् भन्ने अध्ययन गर्न जरुरी भइसकेको भनाइ राखे ।
