ललितपुर माघ २५
तामाङ पत्रकार संघ जिल्ला शाखा ललितपुरले सोनाम ल्होछारको अवसरमा शुभकामना आदान प्रदान तथा कोम्हेन्दो बुलेटिन पत्रिका बिमोचन कार्यक्रम सम्पन गरेका छन्।
कार्यक्रमका प्रमुख अतिथी तामाङ पत्रकार संघको केन्द्रय अध्यक्ष सुबास योन्जन, विशेष अतिथि जिल्ला समन्वय समितिको उपप्रमुख राम लाल थिङ, अतिथिहरुमा प्रेस युनियन नेपाल जिल्ला शाखा ललितपुरको अध्यक्ष केदार नाथ दाहाल, तामाङ पत्रकार संघ ललितपुरको सल्लाकार प्रतिक न्यासुर, कोन्ज्योसोम गा.पा अध्यक्ष कूष्ण मान लामा , बागामति गापा अध्यक्ष बिर बहादुर लोप्चन, बागमति गा.पा वडा न ४को अध्यक्ष राम कुमार तामाङ्, तामाङ पत्रकार संघ केन्द्रय उपाध्यक्ष नेत्र तामाङ, हिमाल रेडियो सन्चालक बुदि बिश्वकर्मा, बिर बल तामाङ नेपाल टेलिभिजनाको तामाङ भाषि समचार वचक, रेडियो प्रस्तोत नव राज सजेल,सङगिता थिङ, सजन कुमार मोक्तानको उपस्तिथि रहेको थियो।
मन्तयको क्रममा बागमति गा.पाको अध्यक्षले पहिला भन्दा फरक तरिकाले अहिले पालिकामा सोनाम ल्होछारको अवसरमा भनेर फुटबल प्रतियोगिताको आयोजान गर्दै, तामाङहरुले पहिला माघे सङग्रतिलाई नै ल्होछारको रुपमा मान्दै आएको थियो । अहिले सोनाम ल्होछारमा बिक्रिति आएको बताए।
साथै कोम्हेन्दो बुलिटिन पत्रिका निरन्तर प्रकाशनमा पालिकाले गर्नु पर्ने साथ सहयोग गर्ने प्रतिबदता दिनु भयो। यसै गरि कोन्ज्योसोम गा.पा अध्यक्ष कूष्ण मान लामाले पनि ल्होछारको शुभकामना सहित तामाङ समुदायमा ल्होछारको बिक्रिति आएको साथै तामाङहरु पछि परेको होइन तर बिभिन्न पाटिको कारणले पछाडि पर्ने गरेको हुन । सक्षम र क्षमता हुदा हुदै पनि पुग्नु पर्ने ठाउमा नपुगेको बताए । प्रतिक न्यासुरले सोनाम ल्होछारको बारेमा बताए। राम लाल थिङले तामाङमा क्षमता भएर अरुले प्रयोग गरेको बताए।
तामाङ पत्रकार सघको अध्यक्षले उपत्यकामा रहेको जिल्ला शाखा सोचे जति सक्रिय नभएको बताउदै अबका दिनमा सक्रिय हुनेछ भने आशा लिएको बताए ।
