ललितपुर, माघ २५

महालक्ष्मी नगरपालिका ६ मा रहेको चागाँथलीबाट गोली र लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । प्रहरीका अनुसार उनीहरूबाट १४.६८ ग्राम ब्राउन सुगर र २ राउण्ड ९ एमएमको गोली बरामद भएको हो।

पक्राउ पर्नेमध्ये एक जना भारतीय नागरिक र तीन जना नेपाली छन् । साेहि वडामा बस्ने सुरेश उप्रेती, लायोक कङ्दवा (लिम्बू), प्युठान घर भई भक्तपुर बस्ने मनोज थापा, भारतीय नागरिक सिनामंगल बस्ने सञ्जय मेहता र सुनसरी घर भई टुटेपानीमा बस्ने ईश्वर धामी पक्राउ ।

जिल्ला अदालतबाट १० दिनकाे म्याद थप गरि आवश्यक अनुसन्धान गरिरहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *