ललितपुर, माघ २४

आगामी फागुन १३ गते देखि विश्वर दादुरा–रूबेला विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। ललितपुरले पनि याे अभियान सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै फागुन १३ गते देखि चैत ७ गतेसम्म याे अभियान सञ्चालन गर्न लागेकाे हाे ।

ललितपुरमा १० कक्षासम्म अध्ययनरत विद्यार्थीलाई दादुरा–रुबेला विरुद्धको खोप दिइने भएको छ । स्वास्थ्य कार्यालय ललितपुर र जिल्ला खोप समन्वय समितिले आज आयोजना गरेको ‘दादुरा–रुबेला खोप अभियान अन्तर्गत अन्तरक्रिया एवं छलफल’ कार्यक्रममा बाल मृत्युदर घटाउन सो कक्षामा अध्ययनरत विद्यार्थीलाई उक्त खोप दिइने भएको हो ।

खोप अधिकृत पार्थमणि न्यौपानेले ललितपुरका विद्यार्थी जो कक्षा १० मा अध्ययन गर्छन तर उनीहरुको उमेर १६ वर्ष छ भने तिनिहरूलाई समेत खोप लगाइदिने तयारी गरिरहेको बताए । उनले भने, “हामीले ललितपुरका ६ पालिका मध्ये महानगरपालिका तथा गोदावरी र महालक्ष्मी नगरपालिका एवं वाग्मती गाउँपालिका भित्र आउँदो फागुन १३ देखि खोप लगाउन सुरु गर्नेछौँ भने बाँकी रहेको दुई गाउँपालिका महाङ्काल र कोञ्ज्योसोममा भने दुई दिनपछि अर्थात फागुन १५ देखि खोप लगाइदिनेछौँ ।”

दादुरा–रुबेला लागेका एक व्यक्तिले १८ जनालाई संक्रमण गर्न सक्ने, गर्भावस्थामा रुबेला संक्रमण भएमा गर्भपतन हुने, समय नपुगी बच्चा जन्मने, मृत बच्चाको जन्म हुने, गम्भिर प्रकारको जन्मजात हुने विकलाङ्ग देखा पर्ने समस्या देखिने जनाएको छ ।

यसैगरी सो रोग लागेका व्यक्तिले खोक्दा तथा हाच्छियु गर्दा निस्कने छिटाबाट एक व्यक्तिबाट अर्कोमा हावाको माध्यमबाट पनि सर्ने र उक्त रोगबाट सामान्यतयाः १० प्रतिशत बालबालिकाको मृत्यु हुनसक्ने जानकारहरुको बुझाइ थियो। 

कानको संक्रमण हुने

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *