ललितपुर, माघ १७
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुले बुधबार पत्रकारहरुसँग अन्तक्र्रिया गरेको छ । नेपाल पत्रकार महासंघको पहलमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले सञ्चारकर्मीसँग आयुर्वेद क्षेत्रको महत्वत, सेवालाई प्रवद्र्धन र प्रभाव लगायतका विषयमा छलफल गर्नका लागि पत्रकारहरुसँग अन्तक्र्रिया गरिएको हो ।
मान्छे सर्ने रोग भन्दा बढी नसर्ने रोगको जोखिममा रहेको भन्दै रोग लाग्न नदिनका लागि आयुर्वेद स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन पत्रकारहरुसँग अन्तक्र्रिया गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा.श्रृष्टी श्रेष्ठले बताइन् । डा.श्रृष्टी श्रेष्ठले स्वास्थ्य व्यक्तिको स्वास्थ्य रक्षा गर्नु आयुर्वेदको प्रमुख उद्देश्य रहेको जानकारी दिँदै प्रदेश तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको सांगठनिक विवरण तथा कार्यक्रम बारेमा प्रस्तुति दिएकी थिइन् ।

कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट ओपिडि सेवा, पञ्चकर्म/पूर्वकर्म सेवा, योगा सेवा, ल्याब सेवा, सशुल्क फार्मेसी, स्तानपायी आमाहरुका लागि मातृशिशु सुरक्षार्थ दुग्धवर्धक औषधि वितरण, राष्टसेबक कर्मचारीहरुलाई तनाब ब्यबस्थापन कार्यक्रमसहित ज्येष्ठ नागरिक स्वास्थ्य प्रवध्द्र्धन सेवा कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिइयो ।
यस जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले २०८० आश्विन १७ गते देखि प्रत्येक बुधबार पथ्य आहार कार्यक्रम सन्चालन गर्दै आएको जानकारी दिए ।

