ललितपुर, माघ २६
ललितपुर क्षेत्र नं. ३ मा आगामी फाल्गुण २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि तारा चिन्हबाट उम्मेदवार बनेका युवा नेता राजकाजी महर्जन प्रति स्थानीय तहमा व्यापक जनसमर्थन देखिन थालेको छ।
निर्वाचन अभियानअन्तर्गत महर्जन विकास, सुशासन र पारदर्शितालाई मुख्य एजेन्डा बनाएर मतदाताको घर–घरमा पुगिरहेका छन्। समर्थकहरूका अनुसार उनी युवा तथा ऊर्जाशील नेतृत्वका रूपमा परिचित छन् भने दुई पटक निर्वाचित जनप्रतिनिधिका रूपमा जनताको विश्वास जित्न सफल अनुभवी नेता हुन्।
स्थानीय समस्या र आवश्यकताहरूको गहिरो ज्ञान भएका महर्जनले विगतमा प्रभावकारी विकासका कामहरू गर्दै आएको जनधारणा छ। जनतासँग प्रत्यक्ष संवाद गर्दै आएका उनी विकासका प्राथमिकताहरू पहिचान गर्न सक्षम रहेको स्थानीयवासीको भनाइ छ।
महर्जन सधैं जनताको बीचमा रहने, जनआवाजलाई संसदमा मजबूतीका साथ उठाउने र उत्तरदायी नेतृत्व प्रदान गर्ने व्यक्तित्वका रूपमा चिनिन्छन्। ललितपुर क्षेत्र नं. ३ को समग्र विकासका लागि स्पष्ट दृष्टिकोण र कार्ययोजना प्रस्तुत गरेकाले पनि उनीप्रति मतदाताको भरोसा बढ्दै गएको समर्थकहरूले बताएका छन्।
अनुभवी नेतृत्व, स्पष्ट कार्ययोजना र जनमुखी कार्यशैलीका कारण ललितपुर क्षेत्र नं. ३ मा तारा चिन्हबाट राजकाजी महर्जनलाई विजयी गराउने अभियान तीव्र बन्दै गएको छ।





